जसरी समय अाधुनिकता तर्फ अघि बढिरहेको छ। त्यसरी नै पैसा कमाउने बाटाेहरु पनि सिर्जना भइ रहेका छन्। केही पैसा कमाउने बाटाेहरु राम्रो र दिर्घकालिन छन्, त केही बाटाेहरु केबल हामीलाइ पसाउने मात्र छन्। यसमा केबल मानिसलाई याे काममा फाइदा छ, यसमा काम गर्यो भने रातारात धनि भइन्छ भनेर साेझा व्यक्तिहरुलाई फसाइ उनिहरुकै फाइदा उठाइन्छ। जसले गर्दा कति मानिसहरु विभिन्न किसिमका गलत बाटाेमा लाग्न बाद्य पारियका छन्। हामी पैसाकाे प्रलोभनमा सजिलै पस्छाै। जसकाे फाइदा गलत तरिकाबाट काम गर्ने व्यक्तिहरुले लिने गरेका छन्।
वर्तमान समयमा Internet का माध्यमबाट पैसा कमाउने बाटाे राम्राे रहेकाे छ। अर्थात् Online बाट पैसा कमाउने बाटाे। अहिलेकाे समय प्राय मानिसहरू Internet कै प्रयोग गरिरहेका छन्। यसरी Internet काे प्रयोग गर्ने मानिसहरूको संख्या दिनप्रतिदिन विश्वभर बढिरहेको। नेपालमा पनि यसको संख्या बढिरहेको छ। जसले गर्दा Internet काे प्रयोग गरी पैसा कमाउने अवसरहरु पनि बढिरहेको छ। यससँगै विभिन्न प्रश्नहरु जोडिएर आउँछन्। के Internet बाट पैसा कमाउने बाटो सजिलो छ, सुरक्षित छ, भरपर्दो छ अादि। यस्ता प्रश्नहरूको जबाफ दिनुभन्दा पहिले यो कुरा जान्न जरुरी छ। के हामी Internet काे प्रयोग गरी पैसा कमाउन सक्छाैं। हामी जे काम पनि हात हाल्छाै, केबल पैसाका लागि मात्र हात हाल्छाै। याे कुरा हामीलाइ अन्य क्षेत्रहरूमा त काम देला तर Internet काे क्षेत्रमा यसले काम दिदैन। किनकी Internet मा काम गर्दा हामी धेरै कुराहरुमा ध्यान दिनुपर्दछ। यसमा काम गर्दा पैसाकाे हाेइन, अाफ्नाे कामलाइ महत्व दिनुपर्दछ। जब हामी आफ्नो कामलाई बढी महत्व दिन्छौं तब हाम्रो काम गुणस्तरीय हुन्छ। अाफ्नाे काम राम्रो भएको खण्डमा पैसा जुनसुकै क्षेत्रबाट पनि आउँछ। त्यही भएर जुनसुकै काम सुरु गर्दा पनि पैसा होइन आफ्नो कामलाई बढी महत्व दिनु पर्दछ तब मात्र पैसा आउछ।
Internet काे प्रयोग गरी हामीले वर्तमान र भविष्यमा राम्रो आम्दानी गर्न सक्छौ। किनकी Internet काे प्रयोग संसारभर बढिरहेको छ। यसर्थ हामीले भविष्यमा Internet काे माध्यमबाट सजिलै आम्दानी गर्न सक्छौं। यसका लागि हामीले अहिलेदेखि नै यस्का बारेमा राम्रोसँग अध्ययन गर्न र आफ्नो कामको क्षमतालाई अझ गुणस्तरीय बनाउन तर्फ लाग्नु पर्दछ।


No comments