युवा भविष्यका सञ्चालक भए पनि, के हाम्रा इ युवा शक्ति सहि रुपमा हुर्की रहेका छन्, के युवाहरु भविष्यमा देशकाे सम्पुर्ण कामकाज समाल्न सक्ने हुने छन्, के युवाहरु सम्पूर्ण रुपले अब्बल तरिकाले तयार भइरहेका छन्। यस्ता कुराहरुमा सुक्ष्म रुपले अध्ययन गर्न जरुरी देखिदै गएकाे देखिन्छ।
अहिलेकाे बढ्दाे अारामदायक जीवनयापन, बढ्दाे अाधुनिक उपकरणहरु तथा विभिन्न किसिमका लागुऔषधकाे प्रयोग जस्ता कारणले हाम्रा युवा शक्ति कमजाेर भइरहेका कुरालाइ सजिलै सुइकारन सकिन्छ। मानिस जति अारामदायक जीवनयापनमा हुन्छ, तब उ अरु कुरामा अल्छी गर्न थाल्दछ र स्वार्थी भन्न थाल्दछ। उसलाई कसैकाे मतलब हुदैन। उ केबल अाफ्नाे मतलब मात्र राख्दछ।
अहिलेकाे समय धेरै अाधुनिक भइसकेको छ। यहाँ प्रत्येक व्यक्तिहरुसगँ राम्रो स्मार्टफोन तथा ल्यापटप रहेको हुन्छ। यसले पनि हाम्रा युवाहरु यसकाे गलत कुरामा प्रयोग गरी रहेका छन्। सामाजिक सञ्जालमा यस्ता कयौं ग्रुपहरु तथा फेक अाइडीहरु छन् जसकाे प्रयोगकर्ता हाम्रै युवाहरु रहेका छन्। जसकाे नकारात्मक असर भविष्यलाई परिरहेकाे छ।
अर्काे कुरा हाे, लागुऔषध। हाम्रा युवा शक्ति तत्कालीन समयमा धेरै नै लागुऔषधकाे प्रयोग गर्न लागि रहेकाे विभिन्न तथ्याङ्कहरुकाे नतिजाले देखाएकाे छ। अहिले युवाहरु चुराेट बाट यसकाे सुरुवात गरेर यसलाई गाजाँ, तथा अन्य खतरनाक लागुऔषधकाे प्रयाेगमा लागेकाे पाइन्छ। यसले गर्दा युवाहरुकाे ठूलाे संख्या लागुऔषध अाेसारपसारमा पनि समञ्लन रहेकाे कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौं।
यस्ता बारणहरुले गर्दा हामी हाम्रा युवा शक्तिहरु कमजाेर बनि रहेका छन्। अझ कुलतमा पस्ने क्रम किशाेर तथा किशाेरीहरुमा पनि सरेकाले छ। यसले अझ हाम्रो देश र समाजलाई चुनाैती रहेकाे छ। यदि हामी हाम्रा युवा शक्तिलाई प्रभावकारी र असल बनाउन सकेनाै भने हाम्रो लागि भविष्य ज्यादै नराम्रो हुन सक्छ। यसबाट बच्नका लागि अहिले देखि नै सरकार तथा सराेकार निकाय र हामी अाफैबाट सकारात्मक कार्य गर्न जरुरी रहेकाे छ। जसले भविष्यमा हामी हाम्रो देश नेपाललाई छुट्टै रुपमा देख्न पाउँ। हाम्रा युवाले देश तथा समाजका लागि उदाहरणिय काम गर्न सकुन् जसमा सबैले गाैरव गर्न सकुन्।


No comments