Home Top Ad

Responsive Ads Here

नेपाल अन्य देश भन्दा पछाडी पर्नुका प्रमुख तीन कारणहरु २०१८

Share:
अाफ्नाे छुट्टै मुल्य र मान्यता तथा रहनसहन, भेषभुषा र भाषा भएकाे हाम्राे देश नेपाल । विश्वमा मानचित्रमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल राष्ट्र नेपाल र यस राष्ट्रमा बसाेबास गर्ने नागरिक हामी नेपाली। विश्वमा अाफ्नाे छुट्टै गौरवशाली इतिहास बोकेको देश र त्यसका बासी हामी नेपाली। वर्तमान समयमा हाम्रो याे इतिहास फिक्का हुदैँ गएकाे छ। विश्वमाझ हामी पछाडि परिरहेका छौं। यसका कारणहरुलाई हामीले बुझ्न जरुरी रहेकाे छ।
हामी नेपाली अन्य देशका नागरिक भन्दा पछाडी पर्नुका ३ प्रमुख कारण यस अनुसार रहेका छन्। 
१. शिक्षा प्रणाली
    हाम्रो शिक्षा प्रणाली वर्तमान समयमा अन्न देशले प्रदान गर्ने शिक्षा प्रणाली भन्दा धेरै पुरानाे रहेकाे छ। विभिन्न राष्ट्रहरुमा शिक्षा प्रणालीलाइ अझ बेहतरिन बनाइदै लगिएका छ भने यहाँ यस कुरालाई खासै महत्व दिएकाे पाइदैन। यस कुरालाई विभिन्न सम्बन्धित निकायहरुले पनि प्रकाशन गरेका छन्। अझैं हामी अाफ्नो शिक्षा क्षेत्रलाई Internet सँग पूर्ण रुपमा जाेड्न असफल रहेका छौं। यस कुराले पनि हामीलाइ धेरै समस्या परिरहेकाेे छ। वर्तमान समय पूर्ण रूपले Internet काे मद्दतले ठूलाे सफलता हात पारिरहदा हामी भने केबल किताबकै भरमा रहेका छौं।
२. राजनैतिक अस्थिरता
    वर्तमान समयलाई मध्यनजर गर्दा नेपालकाे राजनैतिक गतिविधिलाई पनि यसकाे प्रमुख कारणकाे रुपमा हेर्न सकिन्छ। किनकि राजनैतिक अस्थिरताका कारण कुनै पनि सरकारले यस विषय‌सगँ सम्बन्धित भइ कार्य गर्न सकेका छैनन्। कुनै पनि दलकाे सरकार बन्दा कुनै पनि क्षेत्रमा काम गर्नु भन्दा पनि अाफ्नाे सरकारलाई टिकाराख्ने तिर ध्यान दिएकाे पाइन्छ जसले गर्दा हरेक क्षेत्र कमजाेर बनि रहेकाे छ। यसले गर्दा देशकाे गतिविधि अस्तव्यस्त बनिरहेका छन्। 
३. बेराेजगारी 
    दिनप्रतिदिन बेराेजगारी बढी रहेकाे छ, नेपालमा राेजगार काे कमिले गर्दा लाखौं हाम्रा युवा शक्तिहरु विदेशीन बाद्य भएका छन्। भएका राजगारकाे पनि राम्रो व्यवस्था छैन् । यहाँ जागिर अाफ्नाे डिग्रीले हाेइन अर्काकाे सिफारिसमा पाइन्छ। जसले गर्दा दक्ष जनशक्ति कमजाेर भइरहेकाे छ। उनिहरुकाे सहि मुल्यांकन नै हुदैँन। जसकाे असर यहाँकाे प्रत्येक क्षेत्रलाई परिरहेकाे देख्न पाइन्छ। बेराेजगारी समस्या दिनप्रतिदिन बढ्दै गएको कुरा हामी प्रष्ट देख्न सक्छौं। यस समस्याले गर्दा देशमा भएका युवाहरु कुलतकाे बाटाे तर्फ अघि बढिरहेका छन्। तथा गैरकानुनी काममा लागिरहेका छन्। यसले युवा शक्तिहरुमा मानसिक रुपले पनि प्रभाव परेकाे विभिन्न सर्वेक्षणले देखाएकाे छ।
यी प्रमुख तिन कारणहरुले गर्दा वर्तमान समयमा हाम्रो देश नेपाल र नेपाली अन्य देश र नागरिक भन्दा पछाडी परिरहेका छौं। यस्ताे परिवेशमा अाजबाट नै भविष्यलाई मध्यनजर राखि अाफ्ना कामहरु सुचारु गर्न थाल्नु पर्दछ। अन्यथा भविष्यमा हालका भन्दा कमजाेर हालत हुन सक्दछ।

No comments

रजनीकान्तकाे बहुप्रतिक्षित चलचित्र Robot 2.0 काे सम्पुर्ण जानकारी २०१८

भारतिय चलचित्र क्षेत्रका प्रसिद कलाकार रजनीकान्तकाे बहुप्रतिक्षित फिलिम विश्वभर प्रदर्शनकाे तयारीमा रहेकाे छ। हालै मात्र यस चलचित्रकाे Tea...